Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक


२५, जेठ २०८१
  • 195
    SHARES
  • फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक

    काठमाडौं– लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ ।

    शुक्रबार युट्युबमार्फत सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको बुझ्न सकिन्छ । छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले बताउँछ ।

    आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ ।

    फिल्मको टिजरबाट फिल्मको कथा मालिकामाथि नै केन्द्रित रहेको देखिन्छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

    दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

     

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend