Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा


२९, जेठ २०८१
  • 176
    SHARES
  • इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

    राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् ।

    महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पारे ।

    मानविय जीवनमा हानि एउटा त्रासदी भएको जनाउँदै गुटेरेसले सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गरे ।

    संयुक्त राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले  विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको बताए ।

    इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

    संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गरेको छ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरेका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend