Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन तीनवटा आरोपमा दोषी ठहर


३०, जेठ २०८१
  • 269
    SHARES
  • अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन तीनवटा आरोपमा दोषी ठहर

    काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन तीनवटै आरोपमा दोषी ठहर भएका छन्।

    १२ सदस्यीय वकिलकाे समूहले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको निष्कर्ष निकालेका छन्।

    जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्छ। तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन।

    एक हप्तासम्म प्रत्यक्षदर्शीहरूकाे बयान सुनेपछि वकिलकाे समूहले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषध दुर्व्यसनको बारेमा पनि छलफल गरेकाे थियाे।

    हन्टर बाइडेनले आफ्नाे अपराध भने स्वीकार गरेका छैनन्। उनीविरुद्ध झुटाे बयान दिएकोमा दुई आराेप र अवैध रूपमा बन्दुक राखेकाेमा एक आरोप थियो।

    हन्टरका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला उनलाई उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो।

    मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिइन्।

    पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएको थिएन। फैसला सुनाउने बित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए।

    अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ।

    त्यसैगरी, लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ।

    बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ।

    यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन्।

    कहिलेको कुरा हो?

    हन्टर बिडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए। उनले कोकेनको लतको बारेमा पनि खुलेर बोलेका छन्।

    अमेरिकामा बन्दुक किन्ने क्रममा लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ ।

    हन्टरले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend