Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी प्रथम, ईडेन द्धितीय


३२, जेठ २०८१
  • 246
    SHARES
  • मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी प्रथम, ईडेन द्धितीय

    काठमाडौं । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता–२०८१ सम्पन्न भएको छ ।

    हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

    भक्तपुर जिल्लामा आफूलाई अब्बल रूपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएको छ ।

    ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन् ।

    निकै नै उत्कृष्ट रूपमा सम्पन्न भएको हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागिता जनाएको थिएन । प्रतियोगितामा ९ वटा स्कुलका कक्षा ६ देखि ८ का विद्यार्थीहरु ४ जनाको समूहले प्रतिष्पर्धा गरेका थिए ।

    कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा–८ सिपाडोलको हलमा सम्पन्न भएको उक्त हिज्जे प्रतियोगिता सञ्चालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, संजय कासुला, दिलदेवी देउला, विद्या अधिकारी र प्राविधिकमा राधेश्याम कासुला समेतको शिक्षक टिमले गरेका थिए ।

    कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताए । त्यसैगरी, ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जित भएको बताए ।

    समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । मदरल्याण्डको कार्यकारी सञ्चालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।

    Motherland-  (3).jpgMotherland-.jpgMotherland-  (1).jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend