Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी


१, असार २०८१
  • 210
    SHARES
  • भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी

    काठमाडौँ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भारतीय जनता शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका हुन् ।

    पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सम्बोधन गर्दै मोदीले गरेको पोस्टमा आफ्ना जनताको सुरक्षा र हित आफूहरूको प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका छन् ।

    भारतीय समाचार संस्था एएनआईका अनुसार त्यसअघि प्रधानमन्त्री शरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकोमा मोदीलाई बधाई दिएका थिए ।

    बधाई सन्देशमा शरिफले दक्षिण एसियाका दुई अर्ब जनताको भाग्य निर्धारण गर्न घृणालाई आशामा बदल्न आवश्यक रहेको उल्लेख गरेका थिए । जवाफमा प्रधानमन्त्री मोदीले शरिफलाई धन्यवाद दिँदै भारतीय जनता सदैव शान्ति र सुरक्षाको पक्षमा रहेको बताएका हुन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend