Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नरैनापुरमा लालपुर्जा वितरण


१६, असार २०८०
  • 224
    SHARES
  • नरैनापुरमा लालपुर्जा वितरण


    बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका लालपुर्जा विहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ । नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

    उनका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को भदौमा गोस्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा नंं ४ का करिब पाँच सयको गाउँब्लकको जग्गा धनी पुर्जा तयार पारिएको छ ।

    नरैनापुर गाउँपालिकामा रहेका छ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताए । उनले छ वटै वडामा करिब दुई हजार पाँच सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । मिश्रले भने, ‘अहिले वडा नम्बर ४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी चार सय बढीलाई पुर्जा वितरणको तयारी गरिएको छ । अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनको भनाइ छ ।

    नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाण पुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताए । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend