Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी


५, असार २०८१
  • 234
    SHARES
  • युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी

    काठमाडौं। जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा समूह डी अन्तर्गतको खेलमा चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

    पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरेका थिए । एक गोल भने चेक रिपब्लिकबाट आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । चेक रिपब्लिकका लुकास प्रोभोडले एक गोल गरेका थिए ।

    खेलको ६२औँ मिनेटमा चेक रिपब्लिकका लुकासले सुरुवाती गोल गरेका थिए । तर ६९औँ मिनेटमा रिपब्लिकका रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल र चेक रिपब्लिकको १–१ को बराबरी हुन पुग्यो ।

    त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पोर्चुगलका फ्रान्सिस्कोले एक गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

    यो जितसँगै तीन अंक जोड्दै पोर्चुगल समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । गोल अन्तरका आधारमा टर्की शीर्षस्थानमा छ ।

    यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमानी बनाएका छन् । रोनाल्डोले सन् २००४ देखि युरोकपमा लगातार छौठौँपटक सहभागी भएका हुन् ।

    पोर्चुगल र चेक रिपब्लिकको यो खेलसँगै युरोकपका ६ समूहको पहिलो चरणको खेल सकिएको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend