रोल्पा। लुम्विनी प्रदेशको पहाडी जिल्ला पर्ने रोल्पाका परिवर्तन गाउँपालिकाले पालिकाभित्र सहज स्वास्थ्य क्षेत्रमा आफ्नो पहुँचलाई पु¥याउने उद्देश्य अनुसार अगाडि बढेको पाईएको छ । स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रवर्द्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न गरिएको छ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, उपाध्यक्ष कलादेवी खत्रेनी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्की, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढामगर, वडा न–२ का वडा अध्यक्ष हरिप्रसाद बुढामगर, वडा न–३ का वडा अध्यक्ष खिम विक्रम चन्द, वडा न– ५ का वडा अध्यक्ष दिल बहादुर वली, परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वली, जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन लगायत उक्त गोष्ठीमा उठेका बिषयमाथि आ–आफ्ना धारणा राखेका थिए ।
पहिलो सेसन पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना योजना तयारी गोष्ठीको बारेमा जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले संविधानले जारी गरेका व्यवस्था अनुसार बालबालिकाको हक अधिकार, आधारभूत स्वास्थ्य सेवाहरुको बारेमा स्पष्ट पारेका थिए । रोल्पामा २ सय १७ खोप क्लिनिक, २ सय २२ सेसन मार्फत सञ्चालन गरिने र बार्षिक करिब ६ हजार वालबालिकालाई खोप दिदै आएको जनाईएको थियो।
खोपमा गरिने खर्च नभई लगानी बुझ्नुपर्ने उल्लेख गरिएको थियो। हाल नेपालमा ८० प्रतिशत वालवालिकाले खोप लाएको र १६ प्रतिशतले अभलै नलगाएको भन्दै सरकारले वालबालिकाको लागि १३ प्रकारको खोप निःशुल्क प्रदान गरेको जानकारी गराईएको थियो। साथै रोल्पाका १० वटा स्थानीय तहमा तोकिए बमोजिम हालसम्म खोप नलगाएको पाईएको छ।
दोस्रो सेसन स्थानीय तहमा सरोकारवालाहरुलाई मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धि अभिमुखिकरणको स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क फोकल प्रसन अरुण भिटुले गरेका थिए। मातृ मृत्यु दर दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म ७० मा झार्ने लक्ष्य राखिएको छ। लुम्बिनी प्रदेशमा जीवित आमाहरू मध्ये मृत्यु हुने आमाको संख्या २०७ रहेको छ भने सबैभन्दा बढी मृत्यु हुने ठाउँ स्वास्थ्य संस्था हुने गरेको र जसमा ५७ प्रतिशत र घरमा २६ प्रतिशत र बाटोमा १७ प्रतिशत रहेको जनाईएको छ।
१५ देखि १९ बर्षका मृत्यु हुने १०.३ प्रतिशत रहेको छ भने २० देखि २४ बर्षका मृत्यु हुने २९.७ प्रतिशत, २५ देखि २९ बर्षका २८.६ प्रतिशत, ३० देखि ३४ बर्षका १६.९ प्रतिशत र ३५ देखि ४९ बर्षका १४.७ प्रतिशत रहेको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्कीले परिवर्तन गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा अन्य पालिकाको भन्दा फरक महशुस गरेको बताए।
वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले परिवर्तन गाउँपालिकामा मृत्यु नभएको आफूले सुन्न पाउनेमा विश्वस्त भएको बताए। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेको बताउँदै आगामी दिनमा पनि थप राम्रो गर्नुपर्नेमा जोड दिए ।