Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शितगंगाले ल्यायो ८६ करोड ८६ लाखको बजेट


११, असार २०८१
  • 174
    SHARES
  • शितगंगाले ल्यायो ८६ करोड ८६ लाखको बजेट

    अर्घाखाँची । संघ, प्रदेशको बजेट ल्याएसँगै स्थानिय तहले असार १० गतेसम्म निती कार्यक्रम तथा बजेट सभामा पेश गर्नुपर्ने हुन्छ ।

    समयअवधि भन्दा अगाडी नै भौगोलिक रुपमा नेपालको सबैभन्दा ठुलो नगरपालिका शितगंगाले निति तथा कार्यक्रम र बजेट ल्याईसकेको छ । अर्घाखाँचीको छत्रदेव, पाणिनीले पनि निती तथा कार्यक्रम ल्याईसकेका छन् । तर शितगंगाले वार्षिक बजेट पनि सभामा पेश गरिसकेको योजना शाखा प्रमुख नुमलाल खनालले जानकारी दिनुभयो ।

    उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजस्व परिचालनमा योगदान पुर्‍याउने, आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, समावेशी विकास, दिगो विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, जनमैत्री विकास लगायतका विकासका समसामयिक मुद्दाहरूलाई निरन्तर सम्बोधन गर्ने भएको सभामा नगरप्रमुख तथा सभाका अध्यक्ष छविलाल पौडेलले पेश गरेको निति तथा कार्यक्रममा उल्लेख छ ।

    सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच पुर्‍याउन र उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा वातावरण ल्याउने नीति अगाडि सारिएको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

    शनिबार १५ औं नगरसभामार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ । संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजस्व बाँडफाँडतर्फको रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ ।

    लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजस्व बाँडफाँट १ करोड १२ लाख र चालु आर्थिक वर्षको अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान रहेको भाटले बताउँनुभयो । शितगंगाले ७ गते निति तथा कार्यक्रम र ८ गते वार्षिक बजेट सभामा पेश गरेको हो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend