Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा बाढी पस्दा विद्यालयमा क्षति


१२, असार २०८१
  • 292
    SHARES
  • गुल्मीमा बाढी पस्दा विद्यालयमा क्षति

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका-८,कालिकागाउँ टोलमा रहेको बालविकास आधारभूत विद्यालयमा बाढी पसी विधालय भवन र त्यहाँ रहेको सामग्रीमा क्षति पुर्‍याएको छ ।

    मंगलबार राती परेको भिषण बर्षाका कारण विद्यालय नजिकै रहेको खोल्साबाट आएको पहिरोसहितको भलले क्षति पुर्‍याउँदा विद्यालयको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त गरेको जानकारी चन्द्रकोट गाउँपालिकाका वडाका वडाध्यक्ष फणिन्द्रराज अर्यालका दिनुभयो। 

    मंगलबार राती परेको पानीसँगै भल बढ्दा आएको बाढीले विद्यालयको कक्षाकोठा,फर्निचर लगायतका सामाग्रीमा क्षति पुर्‍याएको छ ।

    झुर्म-कालिकागाउँ-तीन सिमलसम्म आउने खोल्सोमा बाढी पहिरोले विद्यालयका चारवटा कक्षाकोठा र सो सँगै रहेका फर्निचर र विभिन्न सामग्री समेत पुरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।

    विद्यालय बाढी पहिरोले पुरिएपछी विधालय सफा गरि तत्काल पठनपाठन गर्ने अवस्था नभएकोले केहि दिनको लागि पूर्णरुपमा विद्यालय बन्द गरिएको वडा अध्यक्ष अर्यालले बताउनु भयो ।

    यस भन्दा पहिला पनि सल्यार किसिकोट जाने मोटरबाटो खनिएसँगै उक्त क्षेत्रमा पहिरो खस्दा विद्यालयमा क्षति पुगेको थियो । 

    पटक-पटकको बाढीका कारण विद्यालयमा क्षति भएको हुँदा यस स्थानमा विद्यालय सञ्चालन गर्न जोखिम भएकोले सुरक्षित स्थान खोजि विधालय भवन निर्माण गर्न त्यहाँका अभिभावकले माग गरेका छन ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend