Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषि सहकारीमार्फत् छाडा चौपायाको व्यवस्थापन


१३, असार २०८१
  • 173
    SHARES
  • कृषि सहकारीमार्फत् छाडा चौपायाको व्यवस्थापन

    कपिलवस्तु । शिवराजमा छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि सडकमा छाडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको छ ।

    शिवराज नगरपालिका ९ को बिजगौरीमा छाडा छोडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो ।

    जनश्रम कृषि सहकारीले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा पाएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र नगर प्रमुख अजय थापाले छाडा चौपायालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा महासचिव विप्लवले समाज परिवर्तनको लागि हिँडेका युवाहरूको समूहले छाडा चौपाया व्यवस्थापन गरेर नौलो काम गरेको बताउनुभयो । छाडा चौपायाका कारणले सडक दुर्घटना बढ्ने मात्र नभई किसानका बालीनाली नोक्सान गरेको उहाँले बताउनुभयो ।

    छाडा चौपायाको व्यवस्थापनलाई उत्पादनसँग जोडेर बायो ग्यास, दूध, घिउ, मल लगायत उत्पादन गरी रोजगारी मूलक सामाजिक सेवा हुने उहाँले बताउनुभयो । युवाहरू विदेसिने चलन बढेको बताउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँको तर्क छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले घाइते अवस्थाका पशुको उपचार गर्ने र पालिकाको सहयोगमा बास स्थान निर्माण गरिएको बताउनुभयो । हाल पालिकामा भेटिएका ६० वटा गाई गोरुको व्यवस्थापन भएको बताइएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend