Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नरैनापुर गाउँपालिकाको बजेट पारित


१४, असार २०८१
  • 137
    SHARES
  • नरैनापुर गाउँपालिकाको बजेट पारित

    बाँके । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

    गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध सुरु गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम र ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरी बहुमतले पारित गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गर्नु भएको नीती तथा कार्यक्रम पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले बताउनुभयो ।

    गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा “किसान अब न हुवा जाई परिसान” मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ भने “ट्रेकिङ अब कहाँ है दुर चलो नरैनापुर” कार्यक्रममार्फत् पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गरिने गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

    उहाँले शिक्षा क्षेत्रमा “मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी” कार्यक्रम संचालन गरी मदरसाको पढाई पश्चात पनि पढाईलाई निरन्तरता दिन जोड दिइने बताउनुभयो ।

    पालिकाले ११ वटा महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको लेखा अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । उहाँले सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट बहुमतले पारित भएको बताउनुभयो ।

    गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत चौधरीले सञ्चालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend