Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि


१७, असार २०८१
  • 270
    SHARES
  • मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

    चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन ।

    बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिएपनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् ।

    क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल‘वाक’, डुङ्गा सयर भइरहेका छन् ।

    उहाँका अनुसार सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि पर्यटकीय गतिविधि भइरहेका छन् । कुमरोजमा जीप सफारी सञ्चालनमा छ । बाघमारा र चित्रसेनमा हात्ती सफारी भइरहेका छन् । डुङ्गा सफारी जनकौली, बाघमारा र चित्रसेनमा भइरहेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको भित्री भागमा हुने जङ्गल सफारी बाहेक अन्य कुनै गतिविधि रोकिएका छैनन् । निकुञ्जको कोर क्षेत्र बाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जीप, डुङ्गा सफारी हुने उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “निकुञ्ज भित्रको जीप सफारी मात्रै रोकिँदा पर्यटकीय गतिविधिमा ठूलो असर पर्दैन ।” पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उहाँले बताउनुभयो ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार निकुञ्जभित्रसमेत् वर्षात्को समयमा जीप सफारी बाहेक जङ्गल ‘वाक’, डुङ्गा सयरलगायतका गतिविधि हुने गर्दछन् ।

    यतिबेला पर्यटक कम हुने हुँदा दैनिक १० वटा हात्ती सफारी हुने गरेको उहाँले बताउनुभयो । उहाँहरुको सहकारीमा ३० वटा हात्ती छन् । खतिवडाले भन्नुभयो “वर्षात्को समय भएपनि पर्यटकीय गतिविधि नरोकिने भएकाले स्वदेश र विदेशका पर्यटकलाई यो सन्देश पुर्‍याउन जरुरी छ ।”

    बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङ्का अनुसार बाघमारामा यो वर्ष एक लाख ५० हजारभन्दा बढी पर्यटकले वनक्षेत्र घुमेका छन् । हात्ती र डुङ्गा सफारीसँगै मचानमा रात बिताउनेको सङ्ख्या धेरै छ ।

    चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारीका लागि प्रख्यात छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा  पाइने दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा निकुञ्जमा जस्तै दुर्लभ वन्यजन्तु हेर्न पाइन्छ ।

    पर्यटकले वनभित्र प्रवेश गर्दा निकुञ्ज हो या मध्यवर्ती हो भन्ने ठम्याउन मुस्किल पर्छ । एकै खालको वन र वन्यजन्तु हुने भएकाले सामुदायिक वनमा हुने पर्यटकीय गतिविधिले पर्यटकलाई भरपुर मनोरञ्जन दिने क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend