Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङमा ११ महिनामा ९२ जनाको मृत्यु, सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय


१७, असार २०८१
  • 202
    SHARES
  • दाङमा ११ महिनामा ९२ जनाको मृत्यु, सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय

    दाङ । चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार ९२ जनाको मृत्यु भएको छ ।

    जेठमा ६, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको मृत्यु भएको छ ।

    यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन् ।” बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेकोे प्रमुख प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ ।

    जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो ।

    स्थानीय रुटमा सञ्चालित सवारी साधनले नियम अनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर सङ्कलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएसँगै यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताउनुभयो । ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।

    बजार क्षेत्रमा अटो अस्तव्यस्तरुपमा सञ्चालन हुँदा सवारीसाधन तथा पैदलयात्रु आवागमनमा समस्या भएपछि अटोलाई तोकिएको स्थानमा व्यवस्थापन गर्न रुट निर्धारण गरी आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने प्रमुख प्रहरी उपरीक्षक शाहीको भनाइ छ ।

    “पछिल्लो समय विभिन्न कारणले गर्दा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले सबै निकाय जिम्मेवार हुन आवश्यक छ”, उहाँले भन्नुभयो । जिल्लामा सवारी दुर्घटना धेरै मात्रामा हुन थालेपछि न्यूनीकरणका लागि सक्रियता बढाउन थालिएको शाहीको भनाइ छ ।

    “ट्राफिक व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो, ट्राफिक व्यवस्थापन भयो भने हुनसक्ने सम्भावित दुर्घटना कम हुन्छ । त्यसैले हामीले ट्राफिक व्यवस्थापनका क्षेत्रमा निगरानी बढाउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि सबैसँगको सहकार्यमा काम भइरहेको छ ।”

    एक करोड ५९ लाख राजस्व सङ्कलन

    प्रहरीले सवारी जाँचलाई तीव्र बनाएसँगै राजस्व सङ्कलन पनि बढेको छ । एक महिनामा ट्राफिक प्रहरीले रु १९ लाख बढी राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठमा रु १९ लाख २० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

    गत वैशाखमा रु १३ लाख २८ हजार पाँच सय, चैतमा रु १२ लाख २५ हजार पाँच सय, फागुनमा रु ११ लाख ७८ हजार, माघमा रु १३ लाख ५७ हजार पाँच सय, पुसमा रु १४ लाख एक हजार पाँच सय, मङ्सिरमा रु १५ लाख ८२ हजार, कात्तिकमा रु नौ लाख एक हजार, असोजमा रु १५ लाख ९८ हजार दुई रुपैया, भदौमा रु ११ लाख तीन हजार पाँच सय र साउनमा रु १५ लाख ८५ हजार दुई सय राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

    चालु आवमा सबैभन्दा धेरै गत जेठमा राजस्व सङ्कलन भएको छ । जेठमा एक हजार नौ सय तीन सवारीसाधन कारबाहीमा परेका प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाईकल र टेम्पु कारबाहीमा परेका शाहीले बताउनुभयो ।

    वैशाखमा एक हजार पाँच सय २६, चैतमा एक हजार तीन सय ९५, फागुनमा एक हजार तीन सय ६५, माघमा एक हजार पाँच सय ३२, पुसमा एक हजार पाँच सय ७७, मङ्सिरमा एक हजार नौ सय ३८, कात्तिकमा एक हजार पाँच सय ६२, असोजमा दुई हजार तीन सय पाँच, भदौमा एक हजार पाँच सय ५८ र साउनमा दुई हजार एक सय ५५ सवारी साधन कारबाहीमा परेका छन् । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend