Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशी प्रदेशः जता जसपा उसकै सरकार


१८, असार २०८०
  • 113
    SHARES
  • कोशी प्रदेशः जता जसपा उसकै सरकार

    काठमाण्डौँ । सातै प्रदेशबाट एमाले सरकार बाहिरिएको बेला कोशी प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने पुनः पहलकदमी थालेको छ । एमाले सचिव एवं कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठमार्फत पुनः यस्तो पहलकदमी लिन लागेको हो । 

    गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको भए पनि अहिले सातै प्रदेशबाट बढारिएपछि कोशी प्रदेशलाई पुनर्जीवन दिन सकिन्छ भन्नेमा एमाले लागेको हो । अघिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले अवैध ठहर गरेपछि नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बन्दा एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको थियो । 

    गत मंसिरमा भएको निर्वाचनपछि केन्द्रीय सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रभित्रको विवादमा खेल्दै एमाले पुनः सत्तामा पुगेको थियो । सरकार ढलिसकेको र अगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले आइतबार साँझ जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर कोशी प्रदेशमासहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ । 

    कोशी प्रदेशका पार्टी इन्चार्जसमेत रहेका महासेठले प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग माग्न यादवलाई भेटेको जसपा स्रोतको दाबी छ ।  महासेठ र यादवबीचको छलफलमा जसपा कोशी प्रदेश सांसद निर्मला लिम्बु र प्रदेश इन्चार्ज एवं कार्यकारिणी सदस्य रकम चेम्जोङ पनि सहभागी रहेको जनाइएको छ ।  

    भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताए पनि महासेठले मधेस प्रदेश सरकारलाई दिएको समर्थन र सहयोग पनि सम्झिन आग्रह गरेका थिए । अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको स्रोतको दाबी छ । 

    कांग्रेससँगको सत्ता साझेदारीबाट माओवादी केन्द्रलाई अलग गराउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएपछि सत्तामा फर्केको एमाले यतिबेला कोशी प्रदेश पनि फुत्किएपछि सातै प्रदेशमा सरकारविहीन भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा अघि सार्दै एमालेले केन्द्रदेखि प्रदेशसम्मको सत्ता साझेदारीको यात्रा शुरु गरेको थियो । सातै प्रदेशका सरकार र सभामुखसमेत भागबन्डा गरेर माओवादी–एमाले गठबन्धन अघि बढेको थियो । 

    तर माओवादी केन्द्रसँगको एमाले सहकार्य लामो समय टिक्न सकेन । एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्री भएका दाहालले केही समयपछि कांग्रेससँग सहकार्यको हात बढाए । त्यसको असर स्वरूप एमाले सरकारबाट बाहिरिन पुग्यो । प्रतिपक्षमा रहेको कांग्रेस सत्तामा फर्कियो । नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन फागुन १३ गतेसम्म आइपुग्दा पुस १० गते निर्माण भएको गठबन्धन भत्कन पुग्यो । 

    कांग्रेस नेतृत्वमा रहेको पुरानो गठबन्धन ब्युँतिदा एमाले १०० दिनको हनिमुनको समय अवधि पनि पूरा नगर्दै केन्द्रीय सरकारबाट बाहिरिन पुगेको थियो । त्यसपछि एमाले प्रदेश सरकारबाट पनि बाहिरिन गयो । त्यसको पछिल्लो असर कोशी प्रदेश सरकारमा परेको हो । हिक्मतकुमार कार्की नेतृत्वमा बनेको कोशी प्रदेश सरकारले गत शुक्रबार विश्वासको मत नपाएसँगै एमाले संघ हुँदै प्रदेश सरकारबाट पनि पूर्ण रूपमा अलग भएको हो । 

    कांग्रेससहितको नयाँ गठबन्धन निर्माण भएपछि एमाले केन्द्रमा दाहाल नेतृत्वको सरकारबाट अलग भएको थियो । प्रदेशमा पनि एमाले माओवादी नेतृत्वका प्रदेश सरकारबाट अलग भएको थियो । माओवादी केन्द्रले पहिला दिएको समर्थन फिर्ता लिँदा गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी नेतृत्वको सरकार एमालेले गुमाएको थियो भने सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend