Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोग घोषणा गर्‍याे


२४, असार २०८१
  • 146
    SHARES
  • सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोग घोषणा गर्‍याे

    काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।

    सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई समेटेर सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

    सङ्क्रामक रोगको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गी, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तीपाइले, स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् ।

    सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुनअनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डा. सागर दाहालका अनुसार ५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुन्छ ।

    उहाँका अनुसार स्थानीय स्वास्थ्य संस्थामा ५२ मध्ये कुनै पनि रोग पत्ता लागेमा त्यसको जानकारी केन्द्र र प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने हुन्छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend