Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण’


३०, असार २०८१
  • 244
    SHARES
  • ‘पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण’

    गण्डकी । पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

    पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीहरुले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् ।

    अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो ।

    पोखरालाई यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर र साहसिक पर्यटनका लागि महत्वपूर्ण केन्द्रका रुपमा लिइने उहाँको भनाइ छ । उहाँले पोखरासहित समग्र गण्डकी प्रदेश पर्वतीय पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोग र उनको टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण भएको थियो ।

    त्यसपछि पोखरा अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा स्थापित भएको बताउँदै पहारीले भन्नुुभयो, “अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा पोखरामा पर्वतीय पर्यटन र ट्रेकिङका लागि धेरै अवसरहरू छन् ।”

    पर्वतीय पर्यटन शिक्षा केवल शैक्षिक कार्यक्रमहरूमा मात्रै सीमित नरहेको बताउँदै उपप्रधाध्यापक पहारीले यो सम्पूर्ण पर्यटन प्रणालीको विकास र प्रवद्र्धनसँग सम्बन्धित रहेकोे धारणा राख्नुभयो ।

    पर्यटकीय राजधानी घोषणासँगै विशेष योजनाका साथ अघि बढ्ने प्रदेश सरकार र पोखरा महानगरकोे योजना छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडानसँगै त्यससँग जोडिएका पूर्वाधार निर्माणलगायतलाई अघि बढाउने तयारी छ ।

    सन् २०१९ मा देश भ्रमण गर्ने ११ दशमलव नौ लाख पर्यटकमध्ये करिब चार लाख ८० हजार पर्यटक पोखरा आएका थिए । त्यसमध्ये ६५ प्रतिशत पर्यटक ट्रेकिङका लागि आएका थिए । पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रु एक सय ९२ अर्बभन्दा बढी लगानी भइसकेको छ ।

    पहारीका अनुसार पोखरामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा संलग्नमध्ये ४० प्रतिशत मानिस ट्रेकिङ गाइड, होटल व्यवसाय र साहसिक खेलकुदमा कार्यरत छन् ।

    जनप्रिय बहुमुखी क्याम्पस पोखराले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वायत्त कार्यक्रमका रूपमा ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट सञ्चालन गर्दै आएको पहारीले जानकारी दिनुभयो । उहाँले पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट पर्यटनको राजधानी पोखरालाई क्याम्पसले थप योगदान दिने बताउनुभयो ।

    पर्वतीय पर्यटन शिक्षाले प्रशिक्षित जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको क्याम्पस प्रमुख रमेश खड्का बताउनुहन्छ । योसँगै संस्कृति र वातावरण संरक्षण, रोजगारीका अवसर सृजनामा  योगदान पुग्ने विश्वास गरिएको खड्काले बताउनुभयो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले ३३ वर्षअघि विसं २०४८ मा स्थानीयस्तरबाट ५० विद्यार्थी र १० शिक्षकबाट सुरु गरिएको क्याम्पसले समयसापेक्ष विभिन्न तहमा अध्यापन गराउँदै आएको बताउनुभयो ।

    क्याम्पसको स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसले विसं २०७४ देखि सञ्चालन गरिएको ‘ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट’ अध्यापनबाट हालसम्म ५७ जना जनशक्ति तयार भएको जानकारी दिनुभयो । पोखरा पर्यटन राजधानी भइसकेको अवस्थामा पर्वतीय पर्यटन शिक्षाको महत्व अझै बढेको उहाँको भनाइ छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend