Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तरभुजा खेतिमा रमाउँदै लेखा अधिकृत बन्जाडे


१, साउन २०८१
  • 175
    SHARES
  • तरभुजा खेतिमा रमाउँदै लेखा अधिकृत बन्जाडे

    सुर्य प्रसाद भुसाल, अर्घाखाँची । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नम्बर १ मा पाच बिघा जमिनमा विगत ५ / ६ वर्षयता तरभुजा प्रजातिका फलफुल खेतीबाट लाखौं आम्दानी हुने गरेको छ ।  

    तरभुजा खेति गर्ने कृषक हुन् अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानि स्थायि घर भई रुपन्देही मा बसोबास गर्ने नेपाल सरकारका लेखा अधिकृत स्थानीय बासिन्दा ५२ वर्षीय कृष्ण बन्जाडे, पढाइ र जागिरले उनी अहिले लेखा अधिकृत हुन भने उनले कृर्षि पेसा सगै जागिर गरिरहेकाे बर्षौ भएको छ ।  

    पाच बिघा जमिन पाच खण्डमा विभाजन गरेर तारबारले घेरेका र उनले कृषि फर्म सन्चालन गरेका छन । पाचै  खण्डका लागि अलगअलग गेटहरु निर्माण गरेर  राखेका छन्। ढुवानीमा सजिलो होस् भनेर चार वटा द्वार राखेको भन्छन चार–चार मिटरको दूरीमा बिरूवा रोपेका छन्। ‘तरभुजा  बन्जाडे कृर्षि फर्म व्यावसायिक कम्पनी दर्ता गरेर उनी धेरै बर्ष अघि बाट काम गरिरहेका छन ।

    तरभुजा खेति मेवा खेति गर्ने जमिन केही आफ्नो र केही भाडाको हो। हाल वार्षिक १ लाख रुपैयाँ भाडा तिर्दै फर्म सन्चालन गरेका बन्जाडे दम्पतीले फलफुल फर्मको बीचमा आफ्ना लागि एउटा सानो घर पनि बनाएका छन्। बगैँचामा ठाउँ-ठाउँमा सिसी टिभी क्यामेरा जडान गरेका छन्। दुई वर्षयता उनको बसाइ कृर्षि फर्ममै धेरै छ ।

    उनी फर्म हेरचाहमा खट्छन्। दुई जना सहयोगी कर्मचारी छन्। बढी काम गर्नुपर्दा आवश्यकताअनुसार दैनिक ज्यालामा काम गराउँछन्। यसरी काम गर्ने स्थानीयवासी नै हुन्छन् उनिहरुलाई बन्जाडेले दैनिक ज्याला दिन्छन ।

    भूमिगत पानी तानेर बिरूवामा थोपा सिँचाइको प्रबन्ध गरेको बताउदै खेती नजिकै रहेको घरमा धेरै जस्तो बस्ने गर्छन । उनी अब गाउँमै बस्ने र खेतीमै लाग्ने निष्कर्षमा पुगेका छन्। भन्छन्, ‘अबको जीवन कृषि कर्म गर्दै यतै बिताउने हो, यतै रमाउने हो जागिर भन्दा त पेसा उपयुुक्त भएको बताउछन ।

    कृष्ण बन्जाडे अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसका पुर्व विद्यार्थी हुन भने स्कुल र कलेजको पढाइ अर्घाखाँचीमा नै गरेका जागिरको सिलसिलामा पुरा गरेर सरकारी सेवामा प्रवेश गरि लेखा अधिकृत भएका उनी गरिब पिडित दिन दुखिलाई आर्थिक सहयोग गरि कमाईको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन ।

    पेसाले अधिकृत भएपनि बन्जाडेले समग्र अर्घाखाँची जिल्लाको विकास निर्माणका बारेमा व्यापक चासो राख्ने अत्यन्तै मिहिनेति कसैको लोभ नगर्ने कमाएर मिहिनेत गरेको फल राम्रो हुन्छ भन्ने सोच राखेका बन्जाडे बिहान ५ बजे देखि नौ बजे सम्म कृषि फर्म र बिहान १० बजे देखि ५ बजे सम्म सरकारि कार्यलय र बेलुका बिहान आफ्नो कृर्ष फर्ममा मिहिनेतका साथ काम गरेर लाखौं रुपैया आम्दानी गर्ने अधिकृत लेवलका कर्मचारी हुन ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend