Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सात वर्षमा पनि बनेन बुटवलको सडक


२, साउन २०८१
  • 158
    SHARES
  • सात वर्षमा पनि बनेन बुटवलको सडक

    बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नभएपछि ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर गरिएको छ ।  

    सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण व्यवसायीले समयमा काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का गरिएको बताउनुभयो ।

    उहाँले छ महिनाभित्र सक्ने गरी ५८ करोड रुपियाँमा यो सडकको पुनः टेन्डर गरिएको बताउनुभयो । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । 

    २०६९ सालमा चार लेनमा निर्माण भएको यो सडकखण्ड पछि छ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । सडकको काममा हालसम्म करिब ३५ करोड रुपियाँ खर्च भइसकेको छ तर आधा पनि काम भएको छैन । 

    यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपियाँमा ठेक्का पाएको थियो । विसं २०७६ सम्ममा सडक विस्तार सक्ने गरी विसं २०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । 

    पटक पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको हो । उक्त सडकखण्ड अब डिजाइन परिवर्तन गरी निर्माण गरिने भएको छ । 

    बुटवल–बेलहिया व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आइरहेका बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाइन गरी बनाउन कार्यदलसमेत गठन गरेको छ । 

    सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल–बेलहिया व्यापारिक मार्गको काम पटक पटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोडेर नयाँ टेन्डर गर्नु परेको बताउनुभयो ।

    अब निर्माण हुने उक्त सडकको लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । अब सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।

    सूचना अधिकारी लम्सालले करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको र अर्थबाट सहमति आएर नयाँ ठेक्का प्रव्रिmया अघि बढेको लम्सालको भनाइ छ । गाेरखापत्रमा खबर छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend