Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली


२, साउन २०८१
  • 196
    SHARES
  • नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

    बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई रु २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

    अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य रु २९ अर्ब ३२ करोड रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

    चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उहाँको भनाइ छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब रु ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।

    कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो ।

    भदौ महिनामा रु दुई अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।

    यस्तै, असोजमा रु दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा रु दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २४ करोड २१ लाख ५० हजार सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

    उक्त कार्यालयले मङ्सिरमा रु दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार सङ्कलन गरेको थियो ।

    त्यस्तै, पुसमा रु दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार सङ्कलन भएको छ ।

    त्यसैगरी, माघमा रु दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ३१ करोड ८१ लाख २२ हजार सङ्कलन भएको छ ।

    कार्यालयले फागुनमा रु दुई अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ ।

    कार्यालयले गत आर्थिक वर्षको चैतमा रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा रु दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा रु दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा रु दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।

    नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend