Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन 


३, साउन २०८१
  • 162
    SHARES
  • पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन 

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए ।

    उनले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताए। गत आर्थिक वर्षमा केही सुधार भएको छ, उनले भने,यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ।

    उनले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिए ।

    उनले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिए।

    कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन,उनले भने,त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न।

    उनले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गरे।

    जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नुस्,उनले कर्मचारीलाई भने,काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन।

    उनले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

    काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्नुहोला, उनले कर्मचारीलाई सचेत बनाउँदै भने,काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफुभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस्, तालिम लिनुस्।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गरिन्। उनले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताइन्।

    प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गरे।

    यस्तै, बुधबार नै बुटवल उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई बुटवल नगरलाई सफा र सुन्दर बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिएका छन्।

    सरसफाइकर्मीसँगको छलफलका क्रममा पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्न सरसफाइकर्मीको भूमिका प्रमुख हुने बताए ।

    उनले सरसफाइकर्मीका समस्याहरुको समाधानमा कार्यालयले तत्काल चासो दिन प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई निर्देशन दिए । उनले सरसफाइकर्मी फिल्डमा खटिँदा कार्यालयले दिएको पोशाक र सावधानीका उपाय अपनाउन आग्रह गरे।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend