Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्ता गठबन्धनको निर्णय

प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण छैन


२१, असार २०८०
  • 95
    SHARES
  • प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण छैन

    काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीको आशयलाई गलत अर्थ लगाइएको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको छ । 

    बैठकले आफ्नो अभिव्यक्तिका बिषयमा सदनमा स्पष्ट कुरा राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्‍मा आफ्नो अभिव्यक्तिबारे सदनमा आफ्ना विषयवस्तु राख्ने समझदारी बनेको जानकारी दिए । उनले मिटरव्याज पीडितलाई न्याय दिनका लागि सरकारले गरेको सुशासनको कामलाई रोक्ने प्रयास भएको भन्दै सरकारले दृढतापूर्वक काम गर्ने समझादारी बनेको बताए । 

    उनले  प्रधानमन्त्रीले संसदमा आफ्नो कुरा राख्ने वातावरण बनाउन प्रतिपक्षी तयार हुनुपर्ने उल्लेख गर्दैै मिटरव्याज पीडितलाई न्याय दिनका लागि तयार गरिएको ऐनलाई पुन अघि बढाउन सदनमा छलफल हुने जानकारी दिए । 

    त्यस्तै एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष र प्रधानमन्त्रीले संसदको फेस गर्ने निर्णय गरेको जानकारी दिए । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई प्रस्ताव गर्नका लागि निर्देशन दिने निर्णय भएको बताए । त्यस्तै उनले मिटरव्याज सम्बन्धमा गठबन्धनबीचमा बिभिन्न बिचार आएकाले यस बिषयमा छिटै टुङ्गोमा पुगेर सदनबाट पास गर्ने निर्णय भएको जानकारी दिए ।

    यसअघि बुधबार प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग गर्दै सदन अवरुद्ध गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भने उक्त अभिव्यक्ति पुस्तकमा रहेको अंशमात्रै भएको र त्यसलाई आफुले उल्लेख मात्रै गरेको बताएका छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend