Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाँत माझ्न कस्तो टुथपेस्ट ?


२१, असार २०८०
  • 291
    SHARES
  • दाँत माझ्न कस्तो टुथपेस्ट ?

    ‘दैनिक दाँत माझ्नुपर्छ, यो दन्त स्वास्थ्यको लागि अनिवार्य छ । यो हामीले बाल्यकालदेखि नै सुन्दै र गर्दै आएको कुरा हो । धेरैको बिहानी ब्रसमा मन्जन लिएर नै सुरु हुन्छ । दाँत माझ्नको लागि मन्जन आवश्यक छ, भनिन्छ । तर अहिले उठिरहेको प्रश्न के छ भने दाँत माझ्न मन्जन नै चाहिन्छ त ?

    दाँत माझ्न मन्जन जरुरी छ । दाँत माझ्न मन्जन चाहिंदैन भन्नु गलत हो । मन्जनमा सोडियम फ्लोराइड, म्याग्नेसियम, एल्युमिनियम हाइड्रोक्साइड, क्याल्सियम हाइड्रोजन फस्फेट, क्याल्सियम कार्बोनेट, सिलिका र हाइड्रोक्सिपाटाइट हुन्छ । यी तत्वले दाँतलाई सफा मात्र होइन स्वस्थ पनि बनाउन पनि भूमिका खेल्छन् ।  जसरी भाँडा माझ्न साबुन जरुरी छ, उसैगरी दाँतमा पनि मन्जन जरुरी छ । कहिलेकाहीं परिस्थितिवश मन्जनको उपलब्धता नभएमा त्यस्तो बेला दाँत माझ्दा फरक पर्दैन ।

    मन्जन नराखी दाँत माझ्दा मुख ताजा नहुने, कीराले खाने सम्भावना हुने, फोहोर जम्मा हुने, मुख गन्हाउने,  राम्रोसँग घर्षण नहुँदा गिजामा घोचेर घाउ हुने र रगत आउने समस्या देखिन्छ । त्यसैले मन्जबिना दाँत माझ्नु हुँदैन । यसले दाँतलाई सफा पनि बनाउन सक्दैन र लामो समय मन्जनबिना दाँत माझ्दा भएको इनामेल पनि घोटिने भएकाले दाँत कमजोर हुन्छ ।

    मन्जनमा हुने मुख्यतया भूमिका क्याल्सियम, सोडियम र फ्लोराइडको हुन्छ । क्याल्सियमले दाँतलाई खनिज प्रदान गर्ने,  सफा गर्ने र बलियो बनाउन मद्दत गर्छ । सोडियम फ्लोराइडले जमेको फोहोर हटाउनुका साथै दाँतमा कीरा लाग्न दिंदैन । यसमा भएका अन्य तत्वले मुखलाई ताजा बनाउँछ । त्यसैले त दाँत माझेपछि फ्रेस अनुभव हुन्छ । यसले आत्मबल पनि बढाउँछ ।

    दाँतलाई फाइदा गर्ने धेरै तत्व भएका मन्जनहरु बजारमा छन् । तर त्यसमा सबैभन्दा प्रमुख क्याल्सियम र  फ्लोराइड हो । त्यसैले मन्जन किन्दा फ्लोराइड र क्याल्सियम भएको हेरेर किन्नुपर्छ । दाँत कमजोर र झनझन् गर्ने समस्या भएका व्यक्तिका लागि बी सेन्सोडाइन मन्जन प्रयोग गर्नुपर्छ। यसमा क्याल्सियम र फ्लोरोराइडसँगै पोटासियम नाइटट्रेट पनि हुन्छ । पोटासियम नाइटट्रेटले सिरिङ्ग हुनबाट रोक्छ । र, दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

    बच्चाको लागि फ्लोराइड कम भएको छुट्टै किसिमको मन्जन प्रयोग गर्नुपर्छ । किनकि बच्चाहरुले मन्जनलाई निल्न पनि सक्छन् । उनीहरुको शरीर फ्लोराइडलाई ग्रहण गर्ने किसिमले बनिसकेको हुँदैन । यस्ता मन्जन बजारमा सहजै पाउन सकिन्छ । त्यससँगै उनीहरुको मन्जनमा विभिन्न किसिमको फलफूलयुक्त फ्लेभर पनि राखिएको हुन्छ । ताकि उनीहरुमा दाँत माझ्न नहिच्काउन र रहर झन् बढोस् ।

    वस्यकले माझ्ने फ्लोराइडको मात्रा उच्च भएको मन्जनले बालबालिकामा डेन्टल फ्लोरोसिसको समस्या बढाउने सम्भावना हुन्छ । डेन्टल फ्लोरोसिसले दाँतलाई कमजोर बनाउने, दाँत फुलेर सेतो हुने, पहेंलो र खैरो रङको देखिन्छ । यसले दाँतको स्वस्थतालाई त बिगार्छ । साथै, अनुहारको सुन्दरतामा पनि कमी ल्याउँछ । त्यति मात्र होइन, दीर्घकालीन रुपमा पछि दाँत टुक्रिंदै जाने र प्वाल पर्ने हुँदा क्राउन समेत लगाउनुपर्ने हुन सक्छ । मन्जनले मात्र नभई कतै पानीमा पनि फ्लोराइडको मात्रा उच्च हुन्छ । यसले सबै उमेर समूहमा डेन्टल फ्लोरोसिसको समस्या ल्याउँछ ।

    कतिपयले मन्जन ब्रसभरि हालेर माझ्ने गरेको पाइन्छ । यसरी माझ्दा दाँत अत्यन्त चम्किलो हुने धेरैमा भ्रम हुन्छ ।  मन्जन सधैं केराउको दानाको आकार जति मात्रामा मन्जन लिएर बिहान र बेलुकी दाँत माझ्नु अनिवार्य छ । त्यस्तै बालबालिकाको लागि वयस्कले लिने भन्दा अलि कम मात्रामा दिएर ब्रस गर्न र गराउन लगाउनुपर्छ ।

    केराउको दाना जति मन्जन राखेर अल्ट्रा सफ्ट टुथब्रसले हलका दबाब दिएर बिहान र बेलुकी दाँत माझ्नुपर्छ । बेलुकी खाना खाइसकेपछि एकपटक र बिहान खाना खाइसकेपछि दाँत माझ्नुपर्छ । कसैले भने बिहान फ्रेस नहुने जस्तो लाग्छ भने उठ्ने बित्तिकै पनि ब्रस गर्न सकिन्छ ।

    धेरैजसोले नुन, बेसार र तेलले पनि दाँत माझ्ने गरेको पाइन्छ । आयुर्वेद अनुसार यो पनि उचित हुन सक्छ । किनभने बेसारमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । अल्सर, घाउहरुमा पनि दूध र बेसारको पेस्ट बनाएर प्रयोग हुन्छ । यसले दाँतलाई पनि केही हदसम्म राम्रो गर्ला । दाँतलाई स्वस्थ र सफा बनाउन दैनिक रुपमा मन्जन नै प्रयोग गर्नुपर्छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend