Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची: सानडेभाको चुनढुङ्गा उत्खनन सधैका लागि बन्द भयो : नगरप्रमुख थापा


१३, साउन २०८१
  • 188
    SHARES
  • अर्घाखाँची: सानडेभाको चुनढुङ्गा उत्खनन सधैका लागि बन्द भयो : नगरप्रमुख थापा

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले सानडेभाको चुनढुङ्गा उत्खनन सधैको लागि बन्द गर्ने बताउनुभएको छ ।

    हजारौं नागरिकको पिउने पानीको स्रोत मेटेर खानी संचालन गर्न नसकिने भन्दै उहाँले खानी सधैका लागि बन्द गरिने तर्क गर्नभएको छ । खिल्जी–असुरकोट खानेपानी तथा सरसफाई योजना उपभोक्ता संस्था भूमिकास्थान–५ को शनिबार सम्पन्न प्रथम बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो ।

    “पिउने पानी मानव जिवनसंग जोडिएको छ, साथै पर्यावरणको दृश्टीले पनि त्यहाँको उत्खनन उपर्युक्त छैन”नगरप्रमुख थापाले भन्नुभयो,“हामी उत्खनन रोकेर यि क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्दैछौं ।” सानडेभाको चुनढुङ्गा उत्खनन नगर्ने कार्यपालिका बैठकका निर्णयहरुको स्मरण गर्दै नगरप्रमुख थापाले खानी तथा भूगर्भ विभागमा कम्पनीले दिएको पालिकाको सिफारिस किर्ते हो भन्ने पुष्टी भइसकेको पनि स्पष्ट पार्नुभएको छ ।

    “यस अगाडि पनि विभिन्न फोरममा मैले भन्दै आएको थिए, हामीले सिफारिस गरेका छैनौं” नगरप्रमुख थापाले भन्नुभयो,“अहिले फरेन्सिक ल्यावले समेत पुष्टी गरिसकेको छ, उक्त सिफारिस नगरपालिकाले दिएको नभै किर्ते नै हो । ”उहाँले अगाडि थप्नुभयो,“अब किर्ते गर्नेलाई राज्यले कारवाही गर्ला हामी त्यसैको प्रतिक्षामा छौं ।” कार्यक्रममा प्रसंग बदल्दै नगरप्रमुख थापाले नगरपालिकाको आन्तरिक आम्दानी बलियो बनाउन आफुहरुले उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    कर्मशिल जनशक्ति परिचालन, व्यवसायिक कृषि, पर्यटन, पढ्दै कमाउँदै विद्यालय कार्यक्रम, उद्योग र ब्यापार भूमिकास्थानको समृद्धिका आधार भएको बताउँदै नगरप्रमुख थापाले यि कार्यक्रम सफल पार्न सबैको साथको खाँचो औल्याउनुभएको छ । पछिल्लो समय सामाजिक कार्य र सेवामा खट्ने प्रचलन हराउँदै गएको बताउँदै उहाँले सामाजिक एकताबिना समृद्ध समाज सम्भव नहुने बताउनुभएको छ । सामाजिक कार्यमा लगाव बढाउन संस्थाका अग्रजहरुलाई सम्मान गर्न नगरप्रमुख थापाले सुझाव समेत दिनुभएको छ ।

    सस्थाका उपाध्यक्ष हिमलाल शर्माको स्वागत मन्तव्य र सचीव कमला वेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे, नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश भण्डारी, नेपाली कांग्रेस असुरकोट सभापति भेग बहादुर रोका, नेकपा एमाले असुरकोट अध्यक्ष होमवीर राना, माओवादी केन्द्र असुरकोट अध्यक्ष चुरामणी भण्डारी, राजमो असुरकोट प्रतिनिधि रेसम वि.क., उक्त संस्थाका संस्थापक सदस्यद्धोय दुर्गा प्रसाद बन्जाडे र बिष्णु प्रसाद श्रेष्ठ लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरुले पानीबिना मानव जिवन सम्भव नभएको बताउँदै पानीको सहि प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष शिव प्रसाद बन्जाडेले पेश गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जिवलाल बन्जाडेले पेश गर्नुभएको आर्थिक प्रतिवेदन छलफल तथा सुझाव सहित पारित भएको छ ।

    प्रतिवेदन उपर उठेका जिज्ञासा र प्रश्नहरुको अध्यक्ष र कोषाध्यक्षले जवाफ दिनुभएको थियो भने माधव बन्जाडेले सहजीकरण गर्नुभएको थियो । उठेका सवालको जवाफ दिंदै संस्थाका पदाधिकारीहरुले कतिपय देखिएका कमजोरीलाई आगामी दिनमा सच्याएर जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    खिल्जी–असुरकोट खानेपानी तथा सरसफाई योजना उपभोक्ता संस्थाले अहिले ४ सय ८० घरधुरीमा एक घर एक धारा सिष्टम मार्फत पिउने पानीको सुविधा दिंदै आएको छ । बर्षौंदेखि सेङलेङको फेदीबाट निस्किएको मुलको पानी उपयोग गर्दै आएका यि उपभोक्ताहरुलाई अहिले खाकबेसी–थाम्का लिफ्ट खानेपानी योजना मार्फत एक घर एक धारा जडान गरिएको अध्यक्ष शिव प्रसाद बन्जाडेको भनाई छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend