Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विकासका लागि तुलसीपुर,दंगिशरण, बबई र शान्तिनगर एकैठाउँमा


१४, साउन २०८१
  • 211
    SHARES
  • विकासका लागि तुलसीपुर,दंगिशरण, बबई र शान्तिनगर एकैठाउँमा

    दाङ । दाङका चार स्थानीय तहले विकासका लागि एकै ठाउँ उभिने निर्णय गरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका, दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासकालागि सहकार्य गर्ने निर्णय गरेका हुन् ।

    आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी,शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिती गठन गरेको तुलसीपुर उपमहानगरका प्रेस संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।

    समन्वय समितीको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी रहनुभएको छ ।

    तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकासका लागि चारवटा पालिकालाई एकैठाउँमा उभ्याइएको तुलसीपुरका नगर प्रमुख खड्काले जानकारी दिनुभयो ।

    साथै समन्वय समितीको पहिलो बैठकले चारवटा पालिकामा आवश्यक विकासका लागि हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ ।

    बैठकले टरीगाउँ विमानस्थल विस्तारका लागि भदौको पहिलो साता एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी सहितको सहभागितामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन निर्णय समेत गरेको छ ।

    त्यसैगरी,आगलागी नियन्त्रणका लागि अत्याधुनिक प्रविधिको दमकल खरिदमा साझेदारी गर्ने,तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर,दंगिशरण,शान्तिनगर बबईको जिला भर्‍याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लगि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ ।

    बैठकमा दंगिशरण,शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको समेत सहभागिता थियो ।  

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend