विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपालीका कांग्रेसका नेता उद्धव थापा नियुक्त भएका छन्। थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेका हुन् ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार यसरी बनेको सरकारले पनि ३० दिनभित्रमा सभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिन नसकेमा संविधान अनुसार सदनमा रहेको ठूलो दलले पुनः सरकार बनाउन पाउने व्यवस्था रहेको छ ।