Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वार्थका लागि राष्ट्रको हित माथि सत्तारुढ गठबन्धनले खेलवाड गरे-अध्यक्ष ओली


२२, असार २०८०
  • 176
    SHARES
  • स्वार्थका लागि राष्ट्रको हित माथि सत्तारुढ गठबन्धनले खेलवाड गरे-अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन् । शुक्रबार किर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् । 

    ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे । भारतले नेपालमा सरकार बनाउछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण बिषय नभएको उल्लेख गरे । त्यस्तै उहाले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर नै प्रमाणीकरण गरेको आरोप लगाउदै गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको जिकिर गरे । 

    त्यस्तै ओलीले ललिता निवास प्रकरणमा छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने स्पष्ट पार्दै ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पुराउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजी मात्र भएको तर्क गरे ।  ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफुले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गरे । 

    ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेश अनुसार संविधान मिच्ने काम गरेको भन्दै मुलुकका सवै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए । उनले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत जिकिर गरे । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend