Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा आत्महत्याका घटना बढ्दै


१८, साउन २०८१
  • 260
    SHARES
  • गुल्मीमा आत्महत्याका घटना बढ्दै

    गुल्मी । पारिवारिक कलह,विभिन्न मानसिक तनाव,यातना,आर्थिक विपन्नता,विभिन्न प्रकारका विभेदजन्य सामाजिक ब्यवहार,लक्ष्य गरेको काममा पटक पटकको असफलता,मदिरा सेवन,प्रेममा असफलता,कडा कानुन,बेइज्जत सहन नसक्नु,लागूऔषधको लतमा फस्नु र केही गर्न सक्दिन भन्ने हीनताबोधका कारण गुल्मी जिल्लामा आत्महत्याका घटना प्रत्येक वर्ष बढ्दै गएका छन ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा आत्महत्या गर्नेको संख्या पछिल्लो तीन वर्षमा १३ वर्षदेखि ८६ वर्ष उमेर समुहका २ सय ३८ जना रहेका छन ।

    पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर र चक्कु प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी शकंर पोख्रेलले बताउनुभयो ।

    तिन वर्षको अवधिमा झुण्डिएर २ सय ७ जना, विष सेवन गरेर २३ जना, पानीमा हाम फालेर सात जना र चक्कु प्रहार गरेर एक जना गरी कुल २ सय ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मी जिल्लामा आत्महत्याको अवस्था प्रत्येक वर्ष बढ्दै जानुमा मानसिक समस्या मुख्य कारण रहेको त्यहि तनावले धेरै व्यक्ति आत्महत्या गर्न सक्ने अवस्थासम्म पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शङ्कर पोखरेलले बताउनुभयो ।

    आर्थिक वर्ष २०७८/०७९ मा यस जिल्लामा ७१ जनाले,आर्थिक वर्ष २०७९/०८० मा ८१ जना र आर्थिक वर्ष २०८०/०८१ मा ८६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    तीन वर्षको अवधिमा यस जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा ३१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा आठ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।

    यसैगरी मुसिकोट नगरपालिकामा २९ जना, मदाने गाउँपालिकामा २० जना, मालिका गाउँपालिकामा १४ जना, धुर्कोट गाउँपालिकामा १४ जना, इस्मा गाउँपालिकामा २९ जना, गुल्मीदरबार गाउँपालिकामा १८ जना, छत्रकोट गाउँपालिकामा २० जना र रुरुक्षेत्र गाउँपालिकामा १७ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै चन्द्रकोट गाउँपालिकामा २२ जना र सत्यवती गाउँपालिकामा १६ जनाले आत्महत्या गरेका छन् ।

    यसैबीच जिल्लामा आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि जिल्ला, स्थानीय तह र वडास्तरसम्म प्रहरी, स्वास्थ्यकर्मी, नागरिक समाज,गैरसरकारी संघ संस्था,महिला स्वास्थ्य स्वयंसेविका र आर्युवेद नागरिक आरोग्यलाई समावेश गरी कार्यदल निर्माण गरि सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

    कार्यदलले समुदाय स्तरमा सचेतनामुलक अभिमुखीकरण,सबै तह र संघसंस्थासँग समन्वय गर्ने, विद्यार्थी, सञ्चारकर्मी र समुदायलाई सचेतनामूलक र मनोसामाजिक परामर्श जस्ता  कार्यक्रमहरु सञ्चालन गरेको जानकारी प्रहरी नायब उपरीक्षक पोखरेलले दिनुभयो ।

    आत्महत्यालाई निरुत्साहित गर्न पछिल्लो समय जिल्लाका १२ वटै स्थानीय पालिकासंगको समन्वय र साझेदारीमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरि उनीहरुलाई विशेषज्ञ सहितको टोलीले मनोसामाजिक परामर्श दिने तयारी गरिएको उहाँले बताउनुभयो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend