Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लायन्सलाई सेवामुखी बनाउन जोड


१९, साउन २०८१
  • 155
    SHARES
  • लायन्सलाई सेवामुखी बनाउन जोड

    बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको दोस्रो बोर्ड तथा जनरल बैठक शनिवार बुटवलमा सम्पन्न भएको छ ।

    २०२४/०२५ का अध्यक्ष लायन विमल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले क्लवलाई सामाजिक सेवामा थप प्रभावकारी रुपमा उन्मुख गराउन ध्यान दिन आवश्यक्ता औंल्याइएको छ ।

    "लायन्स भनेको सेवा गर्नु हो" भन्ने उद्देश्यलाई अपनत्व गर्नेगरी क्लवको नामलाई उचो राख्ने गरी आ-आफ्नो जिम्मेवारीलाई बहन गर्नुपर्नेमा छलफल गरिएको थियो ।

    क्लवले विशेषगरी गुल्मीको रिमुवामा रहेको विद्यालयमा अध्यनरत दृष्टिबिहिन विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने निर्णय गरिएको छ ।

    जसको संयोजकमा लायन भुपेन्द्र बहादुर थापा क्षेत्रीलाई तोकिएको छ ।

    यस्तै सिद्धबाबामा सोमबार आयोजना गरिएको हे्ल्थ क्याम्पमा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथलाई समेत सामेल गराएर लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले स्वास्थ्य सेवा कार्यक्रम गर्ने निर्णय गर्नुको साथै क्लबको डाइरेक्टरी प्रकाशन गर्ने सम्बन्धमा चार जनालाई संयोजक तोकिएको छ ।

    बैठकमा निवर्तमान अध्यक्ष लायन थानेश्वर अर्याल, संस्थापक अध्यक्ष कमल थापा (क्षत्री), पूर्वअध्यक्षहरु भुपेन्द्र बहादुर थापा (क्षत्री), लक्ष्मण कुँवर र सन्तोषमान सिमानगैंडा लगायत अन्य लायनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

    बैठकमा उपस्थितहरुलाई क्लबका तृतीय उपाध्यक्ष लायन माधव ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण क्लबका क्लबका सहसचिव गोविन्द प्रसाद भट्टराईले गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend