Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालगन्ज भन्सारबाट १ वर्षमा ७० अर्ब रुपैयाँ बढीको आयात


२०, साउन २०८१
  • 128
    SHARES
  • नेपालगन्ज भन्सारबाट १ वर्षमा ७० अर्ब रुपैयाँ बढीको आयात

    काठमाडौँ । नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । बाँकेमा एकीकृत भन्सार जाँच चौकी निर्माण भई सुचारु भएपछि निर्यात र आयातमा सहज भएको छ ।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपैयाँ बढी वैदेशिक व्यापार भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।

    गत आर्थिक वर्ष नेपालगन्ज नाकाबाट ७० अर्ब २० करोड ५४ लाख २७ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ३.४६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताए ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष चामल, मकै, गहुँ, धानलगायत खाद्यान्न ५० करोड रुपैयाँले बढी आयात भएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपैयाँको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको छ । यसबाट मात्र ४७ करोड २७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    अघिल्लो आर्थिक वर्ष चार अर्ब ७३ करोड ६० लाख ११ हजार रुपैयाँको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजार रुपैयाँको मकै आयात हुँदा अघिल्लो आर्थिक वर्ष दुई अर्ब ९ करोड ९९ लाख ९५ हजार रुपैयाँको आयात भएको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा ११ करोड ४१ लाख ८८ हजार रुपैयाँको गहुँ आयात हुँदा गत आर्थिक वर्ष ८४ करोड ९१ लख ९३ हजार रुपैयाँको आयात भएको थियो ।

    नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ५३ करोड ४१ लाख ८७ हजार रुपैयाँको धान आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

    नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चाइना, अमेरिका, युरोपियन युनियन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर , कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्कीलगायतका ३१ देशबाट सामान आयात हुने गरेको छ । यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स , म्यानमारसँग मात्रै निर्यात व्यापार भएको छ ।

    भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट, खाद्यान्न, इन्धन र मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुने गरेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend