Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक-महासचिव पोखरेल


२३, असार २०८०
  • 122
    SHARES
  • मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक-महासचिव  पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन् । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरै भन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताए । 

    पोखरेलले  प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रुपमा रहेपनि कमजोर शक्तिले मुलुकमा शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे । उनले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरु एमालेसंग डराएर गठबन्धन बनाउन बाध्य भएको तर्क गरे ।

    पोखरेलले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको जिकिर गरे । महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पुरा गर्न सक्ने दावी गरे । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend