Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विद्यार्थी आन्दोलन थेग्न नसकेपछि बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा


२५, साउन २०८१
  • 307
    SHARES
  • विद्यार्थी आन्दोलन थेग्न नसकेपछि बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

    बुटवल । नेपाल विद्यार्थी संघको आन्दोलनका कारण बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेले राजीनामा दिएका छन् । उनले आज उपकुलपति समक्ष राजिनामा पेस गरेका हुन् ।

    नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबार देखी विद्यार्थी संगठन बिच भएको विवादका कारण बुधबार निर्दोष विद्यार्थीमाथि प्रहरीद्वारा भएको अस्वभाविक लाठी चार्जप्रती आपत्ति जनाउँदै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखी ५ बजे सम्म सम्पर्क गर्दा पनि क्याम्पस प्रमुख उपस्थित नभएपछि तालाबन्दी गरेको थियो ।

    तालबन्दी पश्चात् इलाका प्रशासन कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित सहित प्रहरीले तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो ।

    बुधबार लाठी चार्ज गरेको प्रहरीले बिहिबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजिनामा पेस गरेपछि नेविसंघले आफैं तालाबन्दी खोलेको थियो ।

    बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए । त्यसपश्चात क्याम्पस प्रमुखसँग ज्ञापन बुझाउन भन्दै योजना बनाएको नेविसंघले अन्ततः तालाबन्दी गरि क्याम्पस प्रमुखको राजिनामा पेस गराएको छ ।

    बिहिबार गरेको नेविसंघको आन्दोलनमा नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्यहरु प्रदिप घर्ति मगर, विष्णु खनाल, प्रेम परियार, विकास पाण्डे, सागर पौडेल, नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेताहरु सुमन गुरुङ, कृष्ण खनाल, नारायण घिमिरे भावुक, प्रयास आचार्य, विपिन्द्र पाण्डे, कृष्ण श्रेष्ठ, नारायण पाण्डे, सन्देश पोख्रेल, श्रीधर ज्ञवाली, सागर पन्थी, सुरज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend