Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची : भूमिकास्थानमा ३ हजार बिरुवा रोपेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो


२९, साउन २०८१
  • 258
    SHARES
  • अर्घाखाँची : भूमिकास्थानमा ३ हजार बिरुवा रोपेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

    अर्घाखाँची । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वृक्षारोपण गरिएको छ ।

    हरियाली सडक प्रवद्र्धन गर्ने उद्धेश्यले भूमिकास्थानको कार्यालय देखि घाटाखोला सम्म सडक छेउँमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।

    भूमिकास्थान पोखेडाँडादेखि घाटखोलासम्म विभिन्न प्रजातिका करिब ३ हजार बिरुवा रोपिएको छ ।

    सामाजिक कार्यमा युवाहरुको लगाव बढाउन र नगरपालिकाको हरियाली सडक अभियानलाई टेवा पुर्याउन बिरुवा रोपेर युवा दिवस मनाइएको नगर स्तरिय युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमखु झविलाल थापाले वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण सँगै रोपिएका विरुवा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    नगर परिसरमा गुल्मर जातको फुलको बिरुवा रोपेर नगरप्रमुख थापाले वृक्षारोपणको उद्घाटन गर्नुभएको हो ।

    नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, कर्मचारी र करिब ७० जना युवा स्वयंसेवकको उपस्थितिमा वृक्षारोपण गरिएको युवा सञ्जालले जनाएको छ ।

    31f3ec89-1372-4438-874a-4c3cb3ef71a6.jfife6f5d907-ec67-430d-a72e-429e4e533094.jfif089dfdc5-3477-4f86-a50d-c58d565f0616.jfif

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend