Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परियार जातीको हक र हितको लागि तीनै तहको सरकारसंग समन्वय गरि रहेको केन्द्रिय संयोजक डिबी परियारको भनाई


२९, साउन २०८१
  • 250
    SHARES
  • परियार जातीको हक र हितको लागि तीनै तहको सरकारसंग समन्वय गरि रहेको केन्द्रिय संयोजक डिबी परियारको भनाई

    रुद्रमणि भुसाल, अर्घाखाँची । परियार सेवा समाजका केन्द्रिय संयोजक डिबी परियारले बहुप्रतिभा भएका परियार जातीको हक र हितको लागि तीनै तहको सरकारसंग समन्वयसगै निरन्तर वकालत गरिरहेको बताउनुभएको छ । 

    अर्घाखाँचीको ५ औं जिल्ला अधिवेशनको उदघाटन सत्रमा  मन्तब्य राख्दै परियालले केन्द्रिय अधिबेशन सम्पन्न गर्नको लागि जिल्ला अधिबेसनलाई अभियानको रुपमा अगाडी बढाएको बताउनुभयो ।

    उहाँले संबिधानमा उल्लेखित भएका अधिकारहरु कार्यान्वयन गर्न सबै दलित समुदाय एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

    परियार समाजको ५ औँ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा पुर्ब केन्द्रिय उपाध्यक्ष खड्क दर्नाल , लुम्बिनी प्रशेश संयोजक कृष्ण रणपाल, पुर्ब महासचिब अन्जन परियार,केन्द्रिय सदस्यहरु राम बहादुर परियार, बिष्णु परियार, परियार समाजका अगुवा प्रदिप परियार, पुर्व जनप्रतिनिधि आशा परियार, नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल, रेडियो समन्वय बिभागका केन्द्रिय सदस्य श्याम घिमिरे, इन्सेब प्रतिनिधि कुल बहादुर नेपाली, दलित नेता दिनेश सुनार, जनजाति महासघं जिल्ला उपाध्यक्ष कृष्ण बहादुर सारु, परियार समाजका सचिब जङ्गबहादुर परियार लगायतले मनतब्य राख्नुभएको थियो ।

    कार्यक्रम परियार सेवा समाजका जिल्ला अध्यक्ष मणिराम परियारको अध्यक्षता र पत्रकार सागर परियारको संचालनमा सम्पन्न भएको हो ।

    परियार समाजको उद्घाटन पुर्व सन्धिखर्क, चुत्राबेशी बजार एरियामा बाजागाजा सहित र्याली समेत निकालिएको थियो ।परियार समाजको ५ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । 

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend