काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडितलाई हरहालतमा न्याय प्रदान गर्ने बताएका छन् ।
आइतबार मिटरव्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर श्रेष्ठले समाजमा मिटरव्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने बताएका हुन् ।
उनले पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको जानकारी दिए । विधयेक संसदमा रहेको र अस्वीकृत नभएको भन्दै उनले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने र कानून बनाइ छाड्ने प्रतिवद्धता जनाए ।
उनले मिटरव्याज सामान्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।