Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा आफ्नै घरको बराण्डाबाट लडेर एक जनाको मृत्यु


४, भदौ २०८१
  • 164
    SHARES
  • गुल्मीमा आफ्नै घरको बराण्डाबाट लडेर एक जनाको मृत्यु

    गुल्मी । आफ्नै घरको बराण्डाबाट लडेर गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौर, र्‍याले बस्ने करिब ३५ वर्षका कमल कुमालको आफनै घरको बराण्डाबाट लडेर मृत्यु भएको हो ।

    बराण्डामा रहेको आफ्नो कोठामा सुत्न जाने क्रममा बराण्डाबाट करिब तीन मिटर तल खसेर निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    कुमाल सोमबार राती आफ्नै टिनले छाएको तीन तले कच्ची घरको बिच तलामा जोडिएको बराण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

    घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend