Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङ्गा पार्कमा पर्यटकको चहलपहल बढदो


६, भदौ २०८१
  • 226
    SHARES
  • रेसुङ्गा पार्कमा पर्यटकको चहलपहल बढदो

    गुल्मी । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्कमा चहलपहल बढेको छ । पछिल्लो समय रेसुङ्गामा जानेको संख्या वृद्धि भएसँगै पार्क घुम्न जानेहरुको संख्यामा पनि वृद्धि भएको हो ।

    पार्कमा पुग्ने अवलोकनकर्ताको संख्यामा वृद्धि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । गत वर्षको फागुन महिनादेखि नगरपालिकाले ४ जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको थियो ।

    पार्कभित्र भ्युटावर, पिङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्गलगायतका निर्माणको काम सकिएको छ । जसले गर्दा पार्क सुन्दर र मनोरम बनेको छ ।

    पार्कमा गत आर्थिक वर्ष २०८०/०८१ को ५ महिनाको अवधिमा १८ हजारले अवलोकन गरेका छन् । जसबाट ६ लाख ३२ हजार राजस्व संकलन भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यस आर्थिक वर्षको साउन महिनामा ३ हजार १ सयले अवलोकन गरेका छन् । जसबाट एक लाख ५५ हजार राजस्व संकलन भइसकेको छ ।

    पार्क सञ्चालन र संरक्षणको काम नगरपालिकाले गर्दै आएको पल्लीले बताए । पार्कसँगै जीप लाइन र साइकिलिंङ निर्माणको लागि प्रक्रिया अगाडि बढेको उनले बताए । जीप लाइन र साइक्लिङ निर्माणको काम सम्पन्न भएपछि निजी क्षेत्रमार्फत पार्क सञ्चालन गर्न दिइने पल्लीको भनाइ छ ।

    नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १५० रुपैयाँ, नेपाली नागरिकको लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २५ रुपैयाँ तोकिएको छ ।

    पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा निर्माण भएको हो । पार्क क्षेत्र ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ ।

    तम्घास आउने पर्यटकलाई रेसुङ्गासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुङ्गा पार्क बनाइएको हो । रेसुङ्गा नगरपालिकाले ‘जाउ हिँड रेसुङ्गा’ अभियान पनि चलाएको छ । सोही अभियानकै कारणले रेसुङ्गन र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend