Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू


७, भदौ २०८१
  • 161
    SHARES
  • रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः नियमित रूपमा हवाई उडान शुरू भएको छ ।

    मौसम बिग्रिएपछि गएको असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा आजदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

    वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो ।

    यसअघि हप्ताको चार पटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रवार मात्र उडान हुने स्टेशन प्रमुख थापाले बताउनुभयो ।

    नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेशनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटक मात्र उडान हुने बताइएको छ ।

    आज बिहान काठमाण्डौदेखि १२ जना यात्रु लिएर रेसुङ्गा आएको जहाज खाली फर्किएको छ । जहाज नियमित नभएको र मौसम राम्रो नभएका कारण काठमाण्डौ जानका लागि सम्पर्कमा रहेका कतिपय व्यक्तिहरूले पछिल्लो समय नजाने बताएपछि जहाज रित्तै फर्किएको हो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend