Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशमा प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका, देशभरमा दोस्रो


७, भदौ २०८१
  • 273
    SHARES
  • लुम्बिनी प्रदेशमा प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका, देशभरमा दोस्रो

    गुल्मी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा गुणस्तर परीक्षण मूल्यांकनमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशमै उत्कृष्ट गाउँपालिका बनेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको लिजाको नतिजा गुणस्तर परीक्षणबाट गाउँपालिकाहरु मध्येबाट रुरुक्षेत्र गाउँपालिका देशभरकै दोस्रो र लुम्बिनी प्रदेशमा पहिलो गाउँपालिका बनेको हो ।

    आर्थिक वर्ष २०७९/२०८० को लिजाको नतिजा गुणस्तर परीक्षणका क्रममा गुल्मी जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकाले ८७ प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट गाउँपालिका भएको हो ।

    यसैगरि जिल्लाको मदाने गाउँपालिकाले ८५.७५ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८५.०० प्रतिशत अङ्क प्राप्त गरेको मन्त्रालयबाट सम्पन्न भएको लिजाको नतिजा गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    लिजाको नतिजा गुणस्तर परीक्षण प्रतिवेदन अनुसार गुल्मीको सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिका र चन्द्रकोट गाउँपालिकाले ८४ प्रतिशत,गुल्मीदरबार गाउँपालिकाले ८३.२५ प्रतिशत, इस्मा गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले ८१.२५ प्रतिशत, मालिका गाउँपालिकाले ८०.२५ प्रतिशत, मुसिकोट नगरपालिका ७९ प्रतिशत,सत्यवती गाउँपालिकाले ७७ प्रतिशत र छत्रकोट गाउँपालिकाले ७५.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

    स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने,आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अभ्यासको थालनी गरिएको मन्त्रालयले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend