Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा नगरपालिका नेपाल भूतपुर्व सैनिक संघको दोस्रो अधिवेशन सम्पन्न


८, भदौ २०८१
  • 209
    SHARES
  • तिलोत्तमा नगरपालिका नेपाल भूतपुर्व सैनिक संघको दोस्रो अधिवेशन सम्पन्न

    अनु खनाल, बुटवल । तिलोत्तमा नगरपालिका नेपाल भूतपुर्व सैनिक संघको दोस्रो अधिवेशन तथा भेला समिति गठन कार्यक्रम सम्पन्न भएको छ । 

    कार्यक्रमका अध्यक्ष गोपाल थापाले भन्नुभयो, बि.पि कोइरालाले भनेझै हामी एकजुट हुनुपर्छ गरिबी अशिक्षित भ्रष्टाचार लगायतका समस्याहरू समाधानमा धेरै संघर्ष गर्नुपर्छ । लोकतन्त्र बलियो भए सबै बलियो हुन्छ । भुपुलाई एक ठाउँमा संङगठित गराउनुपर्छ ।

    प्रमुख अतिथि गंगा शाहीले सम्पूर्णलाई शुभकामना दिदै आजको नेतृत्वले पार्टी बलियो बनाएर आफ्नो सैनिक संघको विकास हुनुपर्ने बताउनुभयो । उहाँले अब आउने कार्यसमितिलाई राम्रो नेतृत्व गरेर अगाडी बढन शुभकामना दिनुभएको थियो । 

    विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले भन्नुभयो, अब हामीले भुपुहरुलाई संगठित गराएर नेपाली कांग्रेस र भुपु सैनिक एउटै पाटाका दूईवटा सिक्का हुन भुपुहरुले कमिस्टलाई मान्दैनन् कमिस्टले भुपुलाई मान्दैनन् भुपुहरु दिर्घायु पनि हुनुहुन्छ । उहाँले अब आउने नयाँ कार्यसमितिले यस नगरको नेतृत्व लिएर अगाडी बढन शुभकामना दिनुभएको थियो ।

    अतिथि शिक्षा विज्ञान प्रविधिका उपाध्यक्ष टेक बहादुर थापाले यस भुपु सैनिकले भाद्री संगठन गठन गरेको बताउनुभयो । उहाँले नेपाल भुतपुर्व सैनिक संघले गरेको योगदानको उच्च कदर गर्दै आफुभित्र रहेको क्षमतालाई एकरुपतामा अगाडी बढाएको र अब आउने नयाँ नेतृत्वले राम्रो कामहरु गर्दै जाओस भनी शुभकामना व्यक्त गर्नुभएको थियो । 

    नयाँ कार्यसमितिको अध्यक्षमा क्याप्टेन नर बहादुर कार्की, सचिवमा लाल बहादुर कार्की, कोषाध्यक्षमा क्याप्टेन कृष्ण बहादुर कार्की, लगायत १५ जना सदस्यहरु कार्यसमितिमा चयन हुनुभएको छ । निर्वाचन मन्डलमा कुल बहादुर के.सि , राम बहादुर भण्डारी, लाल बहादुर भण्डारी रहनुभएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend