काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलले मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन दलले इच्छा अनुसार सदन सञ्चालन गर्दा जनताका मुद्दाहरु ओझेलमा परेको बताए ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पटक पटक विवादमा आउने गरेको भन्दै लामिछानेले अभिव्यक्ति प्रकट गर्दा सजकता अपनाउन सुझाव दिए । आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको प्रतिक्रिया दिए ।
उनले रास्वपा प्रतिपक्षको भूमिकामा रहेर आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको भन्दै प्रमुख प्रतिपक्षको एजेण्डामा आफ्नो दललाई मुछ्ने जालसाजीपूर्ण क्रियाकलाप भएको जिकिर गरे । लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकारले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्ण समर्थन रहने समेत स्पष्ट पार्दै अन्तिम समयमा सदनमा मिटरव्याज सम्बन्धी कानून ल्याउनुको कारण माग गरे ।