Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम काठमाडौंमा सम्पन्न


१६, भदौ २०८१
  • 492
    SHARES
  • तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम काठमाडौंमा सम्पन्न

    काठमाडौ । नेपाल महिला संघ अर्घाखाँची काठमाडौ सम्पर्क समितिले तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

    कार्यक्रमको प्रमुख अतिथि रुपमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख पुष्पा भुसालले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उहाँले महिला अधिकार प्राप्तिको लागि महिलाहरुले खेलेको भुमिका स्मरण गराउदै प्राप्त अधिकारको रक्षार्थ सचेत हुन आग्रह गर्नुभयो । पुर्व उपसभामुख समेत रहेकी नेता भुसालले राजनीति स्थिरता बिना मुलुक सहि रुपमा अगाडि बढ्न नसक्ने भएकाले अहिलेको गठबन्धनलाई इमान्दार भई अगाडि बढ्न सुझाव दिनुभयो ।

    त्यस्तै नेपाली काङ्ग्रेस पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले चलिआएको रितिरिवाजलाई संरक्षण गरेर अगाडि बढ्दा नेपालीहरुको अस्तित्व बच्ने बताउनुभयो ।

    नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पुर्व सचेतक निर्मला क्षेत्रीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै तीज सम्पूर्ण नारीहरुको अधिकार समानता र संघर्षको प्रतिक भएको बताउनुभयो ।

    महासमिति सदस्य समेत रहेकी नेतृ क्षेत्रीले लामो सघर्षबाट प्राप्त अधिकार पुर्ण रुपमा लागु नभएको बताउदै सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला उपसभापति बाबुराम पौडेल,महिला संघ केन्द्रिय सदस्य सिता भुसाल,अर्घाखाँची काठमाडौ सम्पर्क समिती अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेपाल महिला संघ अर्घाखाँची काठमाडौ सम्पर्क समिति अध्यक्ष शान्ता अर्यालको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष कमला आचार्यको स्वागत मन्तव्य र सचिव राधा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम च्छोरोल्पा पार्टी प्यालेस, ढुङ्गेधारा, काठमाडौंमा सम्पन्न भएको छ ।

    11d893d1-08fc-4feb-af6d-fb06eb07ac47.jfiff0ae3b96-f325-4b94-92e4-c74da4c2a178.jfif3f381c5f-9c51-465c-b39d-6fe9555ad2ab.jfif

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend