Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

असोज २ गते शुरु हुँदैछ सोह्र श्राद्ध, कुन तिथिको श्राद्ध कहिले ?


२९, भदौ २०८१
  • 180
    SHARES
  • असोज २ गते शुरु हुँदैछ सोह्र श्राद्ध, कुन तिथिको श्राद्ध कहिले ?

    काठमाडौं - यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।

    असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ।

    सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्।

    आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

    यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।

    भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ। 

    सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ।

    कुन तिथिको श्राद्ध कहिले ?

    २ गते बुधबार– प्रतिपदा श्राद्ध

    ३ गते बिहीबार– द्वितीया श्राद्ध

    ४ गते शुक्रबार– तृतीया श्राद्ध

    ५ गते शनिबार– चतुर्थी श्राद्ध

    ६ गते आइतबार– पञ्चमी श्राद्ध

    ७ गते सोमबार– षष्ठी श्राद्ध

    ८ गते मंगलबार– सप्तमी श्राद्ध

    ९ गते बुधबार– अष्टमी श्राद्ध

    १० गते बिहीबार– नवमी श्राद्ध

    ११ गते शुक्रबार– दशमी श्राद्ध

    १२ गते शनिबार– एकादशी श्राद्ध

    १३ गते आइतबार– द्वादशी श्राद्ध

    १४ गते सोमबार– त्रयोदशी श्राद्ध

    १५ गते मंगलबार– चतुर्दशी श्राद्ध

    १६ गते बुधबार– औँसी श्राद्ध

    यो वर्षको मघा श्राद्ध १३ गते आइतबार द्वादशीका दिन परेको छ। मातामह (मावलीका हजुरबुबा) को श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा १७ गते परेको छ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend