Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस बाँकेले सुरु गर्‍यो चार महिने सुदृढीकरण अभियान


२, असोज २०८१
  • 240
    SHARES
  • कांग्रेस बाँकेले सुरु गर्‍यो चार महिने सुदृढीकरण अभियान

    बाँके । नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ सुरु गरेको छ । आगामी पुस मसान्तसम्म सञ्चालन हुनेगरी चार महिने अभियान सुरु गरिएको हो ।

    “ज्येष्ठ नागरिक, महिला र युवाको योगदान: पार्टी सङ्गठन सुदृढीकरणमा बाँके अभियान” नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएको कांग्रेस बाँकेले जनाएको छ । अभियानको मङ्गलबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

    जिल्लामा रहेका ८१ वटा वडाहरूको साङ्गठनिक अवस्थाका बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, ज्येष्ठ नागरिक, महिला र युवाहरूको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरूलाई पार्टी सङ्गठनलाई सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

    स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रूपमा पहलकदमी लिने, भातृ, शुभेच्छुक सङ्गठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको रहेको छ । यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला अधिवेशनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताउनुभयो ।

    अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सङ्गठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भएमात्र प्रतिस्पर्धी दलहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाब, वैमनस्य र तिक्तता त्यागेर सङ्गठन निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

    पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको पनि उल्लेख गर्नुभयो । कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    वडामा खटिएका प्रतिनिधिहरूले वडा कार्यसमितिको बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, सङ्गठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका विषयमा जानकारी लिने बताइएको छ ।

    पार्टी सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताउनुभयो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend