Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालकृष्ण खाँणको निलम्बन विषय आज उठाउने तयारी


२७, असार २०८०
  • 230
    SHARES
  • बालकृष्ण खाँणको निलम्बन विषय आज  उठाउने तयारी

    काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज काँग्रेसमा उठ्दै आएको छ । तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई काँग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।

    बुधबार (आज) देखि शुरु हुन लागेको काँग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने कांग्रेसका एक शीर्ष नेताले बताए । उनले अनलाइनखबरसँग भने, ‘बालकृष्ण खाँणको निलम्बनको विषयमा केन्द्रीय समिति बैठकमा मज्जाले छलफल हुन्छ । निलम्बनको विषयमा बोल्न नपाउने भन्ने हुन्न ।

    ती नेताले बालकृष्ण खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने बताए । ‘खाँणको निलम्बनबारे बैठकमा छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्छ तर छलफल हुन्छ,’ ती नेताले भने, ‘छलफलको एजेण्डाको बुँदामा उल्लेख नभए पनि समसामयिक विषय अन्तर्गत रहेर केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

    काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिको विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ । काँग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो । गत वर्ष काँग्रेसको काँग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसबीचमा काँग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend