Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति पौडेलले गरे जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण


६, असोज २०८१
  • 151
    SHARES
  • राष्ट्रपति पौडेलले गरे जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका छन ।

    उनले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका हुन ।

    प्रत्येक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवम् प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गरे ।

    टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साटे ।

    भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि शुरु हुने इन्द्रजात्रा गएराति सकिएको हो ।

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिन्छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend