काठमाण्डौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । एक वर्षपछि पहिलो पटक बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि स्थगित भएको हो ।
आजको लागि निर्धारित बैठक साउन २ गते १ बजे पार्टी कार्यालयमा सानेपा हुने कार्यवाहक सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् ।