Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा नियमित सरसफाइ अभियान सुरु 


१०, असोज २०८१
  • 168
    SHARES
  • बुटवलमा नियमित सरसफाइ अभियान सुरु 

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ ।

    चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो ।

    उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।

    उहाँले भन्नुभयो, “बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको हो ।

    गत वर्ष चलाएको जस्तै यो पनि नियमित चल्छ ।” अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सरोकारवाला निकायलाई साथमा लिएर अगाडि बढेको उहाँले बताउनुभयो ।

    अभियानमा सरिक हुन जनप्रतिनिधिसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्वयंसेवी संस्थालाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । नगर सफा रहे मात्रै नागरिक स्वस्थ रहने भएकाले घर घरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने धारणा राख्नुभयो ।

    अभियान अन्तर्गत असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ हुने छ ।

    यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवलले हरियाली, सरसफाइ अभियान गत वर्ष पनि चलाएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend