Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाह्य र आन्तरिक लगानी भित्र्याउन प्रदेशमा लगानीमैत्री नीतिः मुख्यमन्त्री आचार्य


१२, असोज २०८१
  • 121
    SHARES
  • बाह्य र आन्तरिक लगानी भित्र्याउन प्रदेशमा लगानीमैत्री नीतिः मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले लगानी मैत्री नीति अवलम्बन गरेको बताउनुभएको छ ।

    नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बुटवलमा प्रथम अधिवेसन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न वातावरण निर्माण गर्ने बताउनुभएको हो ।

    'स्थानीय उत्पादनलाई बढाउन चाहन्छौं । यसका लागी उद्यम र उद्यमीको विकास गर्न प्रदेश सरकार नीजि क्षेत्रसंग हातोमालो गर्न तयार छ’उहाँले भन्नुभयो,‘स्थानीय उत्पादनलाई बजारमा पुर्याउने, त्यसबाट नागरिकको जीवनस्तर उठाउनेगरी सरकारले नीति निर्माण गरेको छ । त्यसमा नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्न सरकार तयार छ ।’ 

    मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको लक्ष्य पुरा गर्न उद्योगी व्यवसायीको साथ खोज्नुभयो । उद्योगी व्यवसायीहरुले राखेका मागहरु प्रति सरकार संवेदनशिल भएको, उद्योग दर्ता, नविकरण तथा सञ्चालनको क्षेत्रमा एकद्वार प्रणाली लागु गर्ने बारेमा सरकारले पहल लिने जानकारी दिनुभयो ।

    साना तथा मझौला उद्योग एवम् उद्यमहरुको विकास गर्ने, उद्योग सञ्चालन गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्न पनि लगानी लगाउने, उद्योग तथा उद्यममैत्री पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताउनुभयो ।

    महासंघका अध्यक्ष माधव प्रसाद नेपालको अध्यक्षतामा भएको अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    उपाध्यक्षमा द्वय दधिराम खरेल र भास्कर काफ्ले, सचिवमा केशवराज पन्थी, कोषाध्यक्षमा लक्ष्मी क्षेत्री, सहसचिवमा पुरुषोत्तम अर्याल, सरोज चौधरी, जीवन कक्षपती, सहकोषाध्यक्षमा जुद्ध केसी सहित अन्य सदस्यमा रहनुभएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend