देउखुरी । सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको अध्यक्षमा बाँकेका वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य चयन हुनुभएको छ ।
महासंघ लुम्बिनी प्रदेशको शनिबार दाङ—देउखुरीको लमहीमा सम्पन्न प्रथम महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । साथै अध्यक्ष कर्माचार्य कै नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
जसको समावेशी उपाध्यक्षमा राधा बस्नेत (रिया) (रूपन्देही), खुल्ला उपाध्यक्षमा दिपक पोख्रेल (पाल्पा), महासचिवमा सन्तोषकुमार गुप्ता (दाङ), सचिवमा रूद्र सुवेदी (बाँके), महादेव खरेल (गुल्मी) र कोषाध्यक्ष पप्पु रेग्मी (पश्चिम नबलपरासी) निर्वाचित हुनुभएको निर्वाचन समितीका संयोजक तथा पूर्व केन्द्रिय उपाध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा राकेशकुमार मिश्रा (बाँके), विजयसिंह भारती (प्यूठान), शरण कर्माचार्य (बाँके), पवित्रा सुवेदी (रूकुम पूर्व), अर्जुन बेल्बासे (कपिलवस्तु), शिबबहादुर एमसी (बिदुर) (दाङ), सोना कुमाल (दाङ), भरत विश्वकर्मा (रोल्पा), सिर्जनाकुमारी थारू (बर्दिया) र गोविन्दप्रसाद खनाल (अर्घाखाँची) निर्वाचित हुनुभएको संयोजक तिवारीले जानकारी दिनुभयो ।
यसैबीच नवनिर्वाचित कार्यसमितीलाई शनिबार नै सपथ ग्रहण समेत गराइएको छ । नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका संयोजक तथा पूर्व केन्द्रिय उपाध्यक्ष अधिवक्ता विश्वजित तिवारीले सपथ ग्रहण गराउनुभएको हो । निर्वाचन समितीमा महासंघका अभियन्ता तथा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य आरिफ अन्सारी र महासंघ कै अभियन्ता भिमा कडेल रहनुभएको थियो ।
महासंघका अभियन्ता तथा पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तब्यबाट शुरु भएको महाधिवेशन उद्धाटन कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासंघका अभियन्ता तथा प्रशिक्षक डा.श्रीराम शर्मा, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समितीका संयोजक अधिवक्ता विश्वजित तिवारी र पब्लिक भ्वाइस नेपाल लुम्बिनीका अध्यक्ष राधा बस्नेत (रिया) लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय उपाध्यक्ष विर्जराज कुसुवाहाले गर्नुभएको थियो ।
यसैबीच सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको पहिलो बैठक शनिबार नै दाङ—देउखुरीको लमहीमा सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासंघ लुम्बिनी प्रदेशको सुचना अधिकारीमा सचिव रूद्र सुवेदीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पदाधिकारी रहेको सचिवालय समिती गठन गर्ने निर्णय गरेको छ । साथै बैठकले महाधिवेशन तथा प्रशिक्षण शिविर सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघको केन्द्रिय समिती र सभ्य तथा भब्य रुपमा निर्वाचन सम्पन्न गराउन योगदान पुर्याएको भन्दै निर्वाचन समितीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको महासंघ लुम्बिनी प्रदेशका महासचिव सन्तोषकुमार गुप्ताले जानकारी दिनुभयो ।
बैठकमा महासंघका केन्द्रिय उपाध्यक्ष बिर्जराज कुसुवाहा, महासंघ कै अभियन्ता तथा प्रशिक्षक डा.श्रीराम शर्मा र महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष विश्वजित तिवारी लगायतको उपस्थिती रहेको थियो ।